• २०८३ असार ७ आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १११ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १११ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४  जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा २ जना तथा बागमती र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २१ जना घाइते भएका छन् भने काठमाडौँमा ९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ६६ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ५ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ४ जना, बागमतीमा २ जना र सुदूरपश्चिममा ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै