काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँचका क्रममा २९६ ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–०४ का ३९ वर्षीय किशोरीप्रसाद ओझैया सहित अन्य दुई जना रहेका छन् ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा ओझैया ब्राउन सुगरसहित भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली प्रहार गरिएको हो । गोली उनको दाहिने खुट्टाको पिँडौलामा लागेको छ ।
घाइते ओझैयालाई तत्कालै वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









