• २०८३ असार ६ शनिबार

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट प्रस्तुत

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट प्रस्तुत

पोखरा ।  पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख बजेट प्रस्तुत गरेको छ ।

१९औँ नगर सभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि ७ अर्ब १५ करोड २५ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् । 

बजेटको खर्च व्यहोर्ने स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट ५ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ८२ लाख, सङ्घीय सरकार समानिकरण अनुदान ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ३ अर्ब १८ करोड ६० लाख रहने छ । 

यस्तै गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ ६० लाख, गण्डकी प्रदेश सरकार विशेष अनुदान ४० लाख र गण्डकी प्रदेश सरकार समानिकरण अनुदान तर्फ ८ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ९ करोड १५ लाख ३६ हजार हुनेछ । 

त्यस्तै राजश्व बाँडफाँड तर्फ सङ्घीय सरकारबाट प्राप्त हुने ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँड गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँड स्थानीय सरकार तर्फ १ अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोत तर्फ २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुने अनुमान गरिएको छ ।

कूल विनियोजन ७ अर्ब १५ करोड २५ लाख मध्ये चालु खर्च तर्फ ५५.१५ प्रतिशत तथा पुँजीगत खर्च तर्फ ४४.९५ प्रतिशत रहेको छ । पोखरा महानगरपालिकाको आर्थिक विधेयक २०८३ तथा विनियोजन विधेयक २०८३ समेत सभामा पेस भएको छ । सभाको अर्को बैठक आषाढ १७ गते दिउँसो २ बजे बस्ने महानगरले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै