• २०८३ असार ४ बिहीबार

रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको छ ।

रास्वपाले असार ७, ८ र ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने बताइएको छ ।

महाधिवेशन अघि रास्वपा अधिकांश जिल्ला र स्थानीय तहमा अधिवेशन सकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै