• २०८३ असार २ मंगलबार

लेबनानप्रति थप जिम्मेवार बन्न नेतन्याहूलाई ट्रम्पको सुझाव

लेबनानप्रति थप जिम्मेवार बन्न नेतन्याहूलाई ट्रम्पको सुझाव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लेबनानको विषयमा थप जिम्मेवार बन्न सुझाव दिएका छन् ।

जी ७ को सम्मेलनमा भाग लिन हाल फ्रान्समा रहेका ट्रम्पले नेतन्याहूलाई लेबनानको विषयमा थप जिम्मेवार बन्न सुझाव दिदै आफुले इजरायलका लागि धेरै काम गरेको दाबि गरेका छन् ।  

ट्रम्पले भनेका छन्- 'म नभएको भए इजरायल आजको अवस्थामा हुने थिएन, किनभने मैले जति काम अन्य कुनै अमेरिकी राष्ट्रपतिले गरेका छैनन् ।'

उनले नेतन्याहूसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै अब लेबनानप्रति थप जिम्मेवार दृष्टिकोण अपनाउन आवश्यक रहेको बताए । कुनै एक व्यक्तिलाई निशाना बनाउन पूरै भवन ध्वस्त पार्नु उचित नभएको उनको भनाइ थियो । उनका अनुसार त्यहाँ बस्ने सबै मानिस हिजबुल्लाहका सदस्य हुँदैनन् । ट्रम्पले इजरायल र हिजबुल्लाहबीच तनाव जारी रहे पनि अमेरिका र इरानबीच भएको सम्झौता कायम रहन सक्ने दाबी गरे । उनले इरानलाई मुख्य विषयका रूपमा उल्लेख गर्दै लेबनानको द्वन्द्व त्यसको तुलनामा सानो मुद्दा भएको बताए ।

सिएनएनका अनुसार लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलले निरन्तर गरिरहेको आक्रमणले अमेरिका र इरानबीचको सम्झौता प्रयासलाई जटिल बनाइरहेको ट्रम्पको विश्वास छ । यता इरानले पनि कुनै पनि युद्धविराम सम्झौतामा लेबनानलाई समेटिनुपर्ने अडान राखिरहेको छ ।

यसअघि नेतन्याहूले इरानसँगको सहमतिप्रति टिप्पणी गर्दै 'ट्रम्पको निर्णय' भनेका थिए भने हिजबुल्लाहले आक्रमण जारी राखेसम्म लेबनानमा आक्रमण नरोकिने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै