• २०८३ जेठ ३१ आइतबार

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदुरपश्चिमका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेशमा आंशिक बादल लागेको छ र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी भू-भागमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरू,  देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपात तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै