दमौली । तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
मंगलबार दिउँसो डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बिआर १० एबि ७७३९ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारमा सवार पाँच जनामध्ये तीन जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ । घाइते हुनेहरूमा भारतको बिहार राज्य मधुबनी निवासी ३७ वर्षीया आशा देवी, सोही स्थानकी ४० वर्षीया मनिका देवी तथा कार चालक बिहारको भागलपुर निवासी २८ वर्षीय सोनु रहेका छन् ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









