• २०८३ जेठ २५ सोमबार

कैलाली र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

कैलाली र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ । कैलाली र धादिङका छुट्टाछुट्टै घटनामा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय प्रदीप चन्दसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस्तै, धादिङको धुनिवेशी नगरपालिका–४ रुपाखेती गाउँका ३३ वर्षीय रामशरण रुपाखेतीलाई ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, धादिङकै खनियावास गाउँपालिका–१ नेक्साका २८ वर्षीय वर्णबास तामाङलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार राति पक्राउ गरिएको छ । किशोरीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरी टोलीले उनलाई खनियावास गाउँपालिका–४ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै