• २०८३ जेठ २५ सोमबार

डेभ्यु खेलमा भारतीय बलर मानवले लिए ६ विकेट, अफगानिस्तान फलोअनमा

डेभ्यु खेलमा भारतीय बलर मानवले लिए ६ विकेट, अफगानिस्तान फलोअनमा

काठमाडौँ । भारतविरुद्ध टेस्ट खेलमा अफगानिस्तान फलोअनमा परेको छ । जारी टेस्टको पहिलो इनिंगमा १५२ रनमा अलआउट भएसँगै अफगानिस्तान  ४१२ रनले पछि परेपछि फलोअनमा परेको हो ।

पहिलो इनिंगमा अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै डेभ्यु खेल खेलिरहेका भारतीय बलर मानव सुथारले ६ विकेट लिए भने प्रसिद्ध कृष्णले ३ र वाशिंटन सुन्दरले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिल १२६ र केएल राहुलले १०० रनको शतकीय पारी खेलेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै