• २०८३ जेठ २३ शनिबार

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, दुई खर्ब लगानीको प्रतिबद्धता

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, दुई खर्ब लगानीको प्रतिबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ टोलीको नेतृत्वमा गएको व्यवसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवर्धन गर्ने सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् । 

यसरी कार्यक्रममा नेपाली उद्योग व्यवसायीको प्रतिनिधित्व गर्दै महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा तत्कालै ४० हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन सम्भावना रहेको र लागि नेपाल सरकारले समेत स्वागत गरिरहेको बताए । अहिले नेपालमा करिब दुई तिहाई बहुमतको सरकार रहेको र सरकारले नै विदेशी लगानी प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको जानकारी दिए । साथै उनले हाल नेपाल सरकारले वैदेशिक लगानीको लागि एक द्वार नीति लिँदै स्वागतका लागि रेड कार्पेट बिछाउने काम गरेको समेत उनले जानकारी दिए। 

नेपालमा पनि श्रीलङ्कामा जस्तै जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रचुर मात्रामा रहेको भन्दै सोही अनुरुप उद्योग खोल्नका लागि उनले श्रीलंकाली उद्योगी व्यवसायीलाई आग्रह गरेका थिए। हाल नेपालले सस्तो मूल्यमा जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ निर्यात गरिरहेको जानकारी दिँदै अबको दिनमा यसलाई प्रशोधन गरेर बिक्री गरी लाभ दिनका लागि श्रीलंकाले व्यवसायीलाई उनले जानकारी दिएका थिए। साथै नेपाल सरकारले जलविद्युतमा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको बताउँदै सोही अनुरुप खर्बौं रुपैयाँ लगानी आवश्यक भएको समेत उनको भनाइ थियो ।

"नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट श्रीलंकाका उद्योग व्यवसायीहरूलाई नेपालमा सहज रुपमा लगानी भित्र्याउनका लागि हामी सहजीकरण गरिदिने छौ," उक्त बैठकमा उपाध्यक्ष श्रेष्ठले भने, "यदि तपाईँहरू नेपालमा ठूलो मात्रामा लगानी गर्नुहुन्छ भने त्यसका लागि हामी नेपाल सरकारसँग कुरा गरेर सहजीकरण गरिदिनेछौं।" 

यसैगरी नेपालमा स्थायी सरकार रहेकाले लगानीका लागि राम्रो वातावरण रहेको श्रीलंका स्थित नेपाली दूतावासका फस्ट सेक्रेटेरी सागर भण्डारीले बताए । नेपालमा जलविद्युतको उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । यसैगरी पर्यटन र आर्युवेदा उद्योगमा समेत तेपालमा लगानीका उच्च सम्भावना भएको भन्दै लगानीका लागि आव्हान गरेका थिए । 

कार्यक्रममा सिलन चेम्बरका डेपुटी सेक्रेटी जनरल अलेका परेराले नेपालमा पर्यटन पूर्वाधार, जलविद्युत र जडीबुटी उद्योगमा श्रीलंकाका उद्योगी व्यवसायीहरू लगानी गर्न तयार भएको बताएका थिए। जडीबुटी उद्योगमा श्रीलंका धेरै अगाडि रहेको र नेपालमा पनि त्यसका कच्चा पदार्थ पर्याप्त मात्रामा रहेकाले आफू नेपालमा त्यस्ता उद्योग स्थापनाका लागि तयार रहेको उनले बताए । साथै उनले नेपालमा श्रीलंकाको जस्तै पर्यटन उद्योगको सम्भावना भएको भन्दै यदि नेपाल सरकारले सहजीकरण गरिदिए आफूहरुले ठूलो मात्रामा लगानी गर्ने बताएका हुन् । उक्त छलफल श्रीलङ्का उद्योगी व्यवसायीले नेपालको जलविद्युत क्षेत्रमा समेत लगानी गर्न चासो देखाएका थिए। 

साथै उनले नेपालको पर्यटन, जडीबुटी उद्योग र जलविद्युतमा ठूलो मात्रामा लगानी गर्न तयार रहेको बताइन । सो छलफलमा श्रीलङ्काली व्यवसायीहरूले नेपालमा के कसरी लगानी गर्न सकिन्छ सो सम्बन्धमा आफूहरुलाई सहजीकरण गर्दिनका लागि समेत नेपाली उद्योगी व्यवसायीलाई आग्रह गरेका थिए। साथै उनले नेपाल र श्रीलंकाबीच लामोसमय देखि आयात निर्यात भइरहेर भन्दै अबका दिनमा अझै बढवा दिन आफुहरूरु तयार  रहेको बताए ।

यसैगरी कार्यक्रममा महासंका तर्फवाट केन्द्रिय कार्यकारणी सदस्य भक्तबहादूर हमालले दुइदेशवीचको व्यापारको सम्बधमा प्रस्तुतीकरण दिएका थिए । साथै उनले श्रीलंकन उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आउन आब्हान गरेका थिए । कार्यक्रममा फरेन ट्रेड एशोसियशनका अध्यक्ष शिवकुमार अग्रवालले समेत दुइदेशीय व्यापारको बारेमा प्रस्तुतीकाण दिएका थिए ।

महासंघ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा श्रीलंका गएको भ्रमण टोलीमा केन्द्रीय कार्यकारी सदस्यहरू भक्तबहादुर हमाल, पशुपतिदेव पाण्डे, सागर ढकाल, बिदुर धमला, निराजन चलाउने,विप्लव अधिकारीलगायत करि ५० जना नेपाली उद्योगी व्यवसायीहरू रहेका थिए। सो बैठकमा अन्य उद्योगी व्यवसायीले समेत श्रीलंकाले उद्योग व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए। उक्त बीटुवी मिटिङमा सिलन चेम्बरका पनि ५० भन्दा उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै