काठमाडौँ । नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
एशियन गेम्स अन्तर्गत क्रिकेटतर्फको छनौट खेलमा नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन मात्र बनाएको थियो ।
मलेसियाका लागि कप्तान सयेद अजिजले सर्बाधिक ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २७५ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिंग गर्दै ५४ बलमा १२६ रनको शतकीय पारी खेलेका थिए । कुशलको यो टी-२० खेलमा लगातार दोस्रो शतक हो । त्यस्तै आरिफ सेखले पनि आक्रमण ब्याटिंग गर्दै २४ बलमा ६८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए भने सन्दीप जोराले १५ रन बनाएका थिए ।
त्यस्तै मलेसियाका बलर विरनदीप सिंहले ३ विकेट लिएभने सयेद अजिज र विजय उन्नीले २-२ विकेट लिएका थिए ।
यो जितपछि नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत मलेसिया उपविजेता हुदै सेमिफाइनल खेल्ने छ । नेपाल र मलेसिया दुवै एशियन गेम्समा यसअघि नै छनौट भैसकेका छन् ।
अब नेपालले सेमिफाइनलमा कुन देशसँग खेल्छ भन्ने समुह बि का समुह चरणका खेलपछि टुंगो लाग्ने छ ।









