• २०८३ जेठ १७ आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी र डडेल्धुराबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी र डडेल्धुराबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी र डडेल्धुराबाट पक्राउ गरिएको छ ।

म्याग्दीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ बस्ने ५० वर्षीय धन बहादुर सिर्पालीलाई प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

डडेलधुरा, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-१० बस्ने ४० वर्षीय मान बहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै