• २०८३ जेठ १७ आइतबार

दक्षिणी लेबनानमा एक इजरायली सैनिकको मृत्यु, चार जना घाइते

दक्षिणी लेबनानमा एक इजरायली सैनिकको मृत्यु, चार जना घाइते

काठमाडौँ । दक्षिणी लेबनानमा भएको सैन्य कारबाहीका क्रममा एक इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार शनिबार भएको घटनामा २१ वर्षीय सैनिक मारिएका हुन् भने अन्य चार सैनिक घाइते भएका छन् ।

अल जजिराका अनुसार सैनिकको मृत्यु मानवविहीन आक्रमणकारी विमानको आक्रमणमा भएको हो। घाइते सैनिकहरूको उपचार भइरहेको जनाइएको छ ।

इजरायली सेनाकी प्रवक्ताले दक्षिणी लेबनानमा ठूलो स्तरको सैन्य अभियान सुरु गरिएको जानकारी दिदै अभियानको मुख्य उद्देश्य सशस्त्र संरचनाहरू ध्वस्त पार्नु तथा आक्रमणकारी समूहलाई समाप्त गर्नु रहेको बताएका छन् ।

उनका अनुसार दक्षिणी लेबनानमा सैन्य नियन्त्रण थप बलियो बनाउन यो कारबाही सञ्चालन गरिएको हो । सेनाले अग्रपंक्तिको सुरक्षा रक्षारेखा अगाडि बढाउने उद्देश्यसहित आक्रमण अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

इजरायली सेना लितानी नदी पार गरिसकेको र अब नदीको उत्तर क्षेत्रमा रहेको हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र बनाइएको बताइएको छ । साथै सैन्य कारबाही अन्य क्षेत्रमा समेत विस्तार हुँदै गएको सेनाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै