• २०८३ जेठ १७ आइतबार

अमेरिकी ड्रोन खसालेको इरानको दाबि

अमेरिकी ड्रोन खसालेको इरानको दाबि

काठमाडौँ । इरानले आफ्नो वायु रक्षा इकाइले इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी मानवविहीन विमान खसालेको दाबी गरेको छ । इरानी समाचार संस्था तस्निमका अनुसार उक्त विमान अमेरिकी सेनासम्बद्ध थियो ।

इरानी रिभोल्युसनरी गार्ड क्रोप्सका अनुसार वायु रक्षा तथा निगरानी प्रणालीले विमानलाई तत्काल पहिचान गरेको थियो । त्यसपछि अत्याधुनिक क्षेप्यास्त्र प्रणाली प्रयोग गरी त्यसलाई निशाना बनाएर खसालिएको दाबी गरिएको छ। इरानले उक्त विमान शत्रुतापूर्ण उद्देश्यका साथ आफ्नो सीमाभित्र प्रवेश गरेको जनाएको छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्न आफूलाई कुनै हतार नभएको बताएका छन् । फक्स समाचारसँगको अन्तर्वार्तामा उनले अमेरिका बिस्तारै आफ्ना सर्तहरू स्वीकार गराउन सफल भइरहेको दाबी गर्दै उत्कृष्ट सम्झौता हुने, अन्यथा सैन्य उपाय अपनाइने चेतावनी दिएका छन् ।

ट्रम्पले इरान आणविक हतियार नकिन्ने विषयमा पनि सहमत भएको दाबी गरेका छन् । उनका अनुसार इरानले पहिले आणविक हतियार नबनाउने सहमति जनाएको थियो । त्यसपछि हतियार किन्ने वा नकिन्ने विषयमा सोध्दा पनि इरानले न त आणविक हतियार बनाउने र न किन्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै