काठमाडौँ । नेपालले साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकाविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ ।
नेपालले भारतको गोवामा हुने यो जिते या बराबरीले मात्रै पनि नेपाल समूह ए को विजेता बन्नेछ ।
पहिलो खेलमा नेपालले भुटानलाई १–० ले पराजित गरेको थियो । त्यस्तै श्रीलंका भने भुटानसँग पहिलो खेलमा ४-० ले पराजित भएको थियो ।
त्यस्तै समूह बी बाट एक खेलअघि नै भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । आइतबार नै भारत र बंगलादेशबीच खेल हुदैछ । यो खेलपछि समूह बी को विजेता र उपविजेता पनि टुंगो लाग्नेछ ।
प्रतियोगिताको सेमिफाइनल खेल जुन ३ मा हुने छ भने फाइनल खेल जुन ५ मा हुने तालिका रहेको छ ।









