काठमाडौँ । पिएसजीले युइएफए च्याम्पियन्स लिगको उपाधि दिएको छ ।
हंगेरीको बुडापेष्टमा सम्पन्न फाइनलमा पिएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
यसअघि ९० मिनेटसम्म दुवैतर्फबाट १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलिएको थियो । अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
आर्सनलका लागि खेलको छैटौं मिनेटमा काइ हाभार्टले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने पिएसजीका लागि खेलको ६५औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।
यसअघि २००६ मा उपविजेता बने आर्सनल दोस्रो पटक उपाधि नजिक पुगेर उपविजेतामै चित्त बुझाएको छ ।









