Skip This
  • २०८३ जेठ १७ आइतबार

महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानको लागि चीनसँग खेल्दै नेपाल

महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानको लागि चीनसँग खेल्दै नेपाल

काठमाडौँ । नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानका लागि आज चीनसँग खेल्दैछ । यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

शनिबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । आजको खेलमा जित हासिल गर्ने देश जापानमा हुने एशियन गेम्समा छनौट हुने छ ।

त्यस्तै चीन थाइल्याण्डसँग सेमिफाइनलमा पराजित भएको थियो । यसअघि समुह चरणमा नेपालले चीनलाई पराजित गरेको थियो ।

त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड खेल्दैछन् । फाइनल खेल विहान ११: ४५ बजेदेखि शरू हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै