काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आउदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गर्दै २ सय सडक पुल निर्माण गरिने घोषणा गरेका छन् । उनले पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने घोषणा गरेका छन् ।
त्यस्तै नारायणगढ बुटवल सडक खण्ड र कमला–कन्चनपुर खण्ड निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् । अर्थमन्त्रीले अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने बताउदै सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको घोषणा गरेका छन् ।
उनले द्रूतमार्गको ४० पुल र ४ सुरुङ द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छन् भने हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड, कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्रीले घोषणा गरेका छन् ।









