काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५४ कम्पनिका एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोक्रो शेयर १४.९८ प्रतिशतले बढेको छ भने बुन्गल हाइड्रोको १४.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा डिभेन्चरको शेयर ६.६४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ७१ करोड २२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ४३ करोड २७ लाख बराबरको कारोबार भएको छ ।









