• २०८३ जेठ १२ मंगलबार

प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्ने

प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्ने

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८२-०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज राष्ट्रिय सभामा उत्पति भएको अभौतिक संस्कृतिक सम्पदा (संरक्षण) विधेयक- २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले 'राष्ट्रिय सभामा उत्पति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै