• २०८३ जेठ १० आइतबार

लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । 

आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपछि प्रतियोगितामा लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो । 

नेपालले माल्दिभ्सलाई २५-१२, २५-०९ र २५-२० को सोझो सेटमा पराजित गरेको हो ।  यस जितसँगै नेपाल पुल ए बाट सेमिफाइनल पुग्ने पक्का भएको छ । 

नेपाल यसअघि पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै