• २०८३ जेठ ९ शनिबार

काभा महिला भलिबल: आज नेपाल र किर्गिस्तान भिड्दै

काभा महिला भलिबल: आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुदैछन् ।

आज पहिलो खेल अपराहन्न १२ बजे पुल बी का काजकिस्तान र श्रीलंकाबीच खेल हुदै छ । त्यस्तै दोस्रो खेल पुल ए का भारत र माल्दिभ्सबीच दिउसो साढे २ बजेदेखि खेल हुदैछ ।

त्यस्तै तेस्रो खेल पुल ए का नेपाल र किर्गिस्तानबीच साँझ ५ बजेदेखि खेल हुने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ  भने किर्गिस्तानले पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।

जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै