काठमाडौँ । सुनसरीको धरान- १५ बगरकोटमा झगडा हुदा बोतल प्रहारबाट ४९ बर्षिय सरू नेम्वाङको मृत्यु भएको छ ।
बोतल प्रहारबाट गम्भीर घाइते भएका नेम्वाङको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
सो घटनामा संलग्न सुनसरीको धरान-१५ का ३८ बर्षिय अशोक लिम्बु र ३३ बर्षिय बुद्धबीर लिम्बुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।









