• २०८३ जेठ ५ मंगलबार

राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने

राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

राखेप सदस्य–सचिव तथा प्रतियोगिता सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय सङ्घका प्रतिनिधि तथा मुख्य प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन सबै पक्षले समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै