• २०८३ जेठ ३ आइतबार

सिरहाबाट १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

सिरहाबाट १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

सिरहा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट करिब १९ लाख ४७ हजार बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

गएराती सशस्त्रले सिरहाका ५० बर्षिय राजेश यादव र ३९ बर्षिय आनन्द यादवलाई नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित गाडि समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिएकाहरु गाडीका चालक र सहचालक हुन् ।

नियन्त्रणमा लिईएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाईएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै