• २०८३ बैशाख ३१ बिहीबार

विपक्षीको अवरोधको बीचमा अर्थमन्त्री डा. वाग्ले दिए नीति तथा कार्यक्रममाथि जवाफ

विपक्षीको अवरोधको बीचमा अर्थमन्त्री डा. वाग्ले दिए नीति तथा कार्यक्रममाथि जवाफ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको विरोधका बीचमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।

विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरुको विरोधका बीचमा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका हुन् ।

यसअघि सभामुख डिपी अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि विपक्षी दलहरुले अवरोध गरेपछि वैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

त्यसपछि शुरु भएको बैठक विपक्षी दलहरुले अवरोध गरेका थिए भने राप्रपा र श्रम संस्कृतिसहितका दलले बैठक बहिष्कार गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै