काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सरकारले केपी शर्मा ओलीको नीति तथा कार्यक्रम कपि गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद राईले नीति तथा कार्यक्रम कपि गरेको आरोप लगाएका हुन् । उनले अहिले रास्वपाले सबै कुरा नयाँ भनेपनि नीति तथा कार्यक्रममा भने पुरानै कपि गरेको बताएका हुन् । उनले नीति तथा कार्यक्रम कर्मचारीले लेखेको समेत दाबि गरेका छन् ।
उनले भने- 'यो नीति र कार्यक्रम कसले लेख्यो, मलाई लाग्छ, हाम्रो सरकार र नयाँ पार्टीका साथीहरु ऋणी हुनु भएछ, यो लेख्ने मुख्य सचिव लगायत साहु भएछन । फेरी अर्को कुरा तपाईहरुले हरेक कुरामा नयाँ भन्नुभयो, तर यो लेखनमा नयाँ हुनुपर्थ्यो । मलाई लाग्छ, हिजो केपी ओलीको पालामा लेखिएको लगातार छ त, अरु सबै बेठिक भन्ने, त्यो चाहि कसरी डुप्लिकेट गर्नुभयो ।'









