• २०८३ बैशाख ३१ बिहीबार

म्यानचेस्टर सिटीको जितपछि आर्सनलमाथि दबाब बढ्यो

म्यानचेस्टर सिटीको जितपछि आर्सनलमाथि दबाब बढ्यो

काठमाडौँ ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजति गरेको छ । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा एन्टोनी सेमेन्यो, ओमार मार्मोउश र सेभिन्होले एक एक गोल गरेका थिए । 

यो जितपछि म्यानचेस्टर सिटीले शिर्ष स्थानमा रहेको आर्सनललाई दबाब बढाएको छ ।  अब लिगमा २ खेल खेल्न बाँकी हुदा आर्सनल ३६ खेलमा ७९ अंकसहित शिर्ष स्थानमा छ भने म्यानचेस्टर सीटी ३६ खेलमा ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

अब म्यानचेस्टर सिटीले मे २० मा बोर्नमाउथ र मे २४ मा एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ भने आर्सनलले मे १९ मा बर्नली र मे २४ मा क्रिस्टल प्यालेससँग खेल्ने तालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै