• २०८३ बैशाख ३० बुधबार

आयल निगमका प्रबन्ध निर्देशक डा. भट्टको राजीनामा

आयल निगमका प्रबन्ध निर्देशक डा. भट्टको राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिका प्रसाद भट्टले राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

भट्टलाई उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न लगातार निर्देशन दिएपछि राजीनामा दिएको बुझिएको छ । 

भट्ट २०८०  फाल्गुन ६ गते निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि पनि उनी २०७० जेठदेखि २०७१ मंसिरसम्म प्रबन्ध निर्देशकको रुपमा काम गरेका थिए ।

निगममा स्वचालित मूल्य प्रणाली सुरु भट्टकै पहलमा भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै