• २०८३ बैशाख २९ मंगलबार

स्कटल्याण्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

कठमाडौं । स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको हो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ७५ रन बनाएका थिए भने फिनले म्याकक्रीथले ३५, माइकल इङलिशले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने करण केसी र नन्दन यादवले २- २ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै