• २०८३ बैशाख २८ सोमबार

नेपाल ए को अमेरिकाविरुद्ध ७ रनको रोमाञ्चक जित

नेपाल ए को अमेरिकाविरुद्ध ७ रनको रोमाञ्चक जित

काठमाडौं । नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ ।

सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ७ रनले पराजित गरेको हो ।  नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.१ ओभरमा अल आउट हुदै २५७ रन बनाएको थियो ।

अमेरिकालाई अल आउट गर्ने क्रममा शेर मल्लले४ र बसिर अहमदले ३ विकेट लिएका थिए । 

यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ४९.५ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए ।

त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए । 

योसँगै नेपाल ए ले यो अभ्यास खेलका चारै खेलमा जितेको छ । नेपाल ए ले स्कटल्याण्ड र अमेरिकाविरूद्ध २-२ खेलमा जित हासिल गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै