• २०८३ बैशाख २८ सोमबार

तीन लाख भारतीय रुपैयाँसहित महिला पक्राउ

तीन लाख भारतीय रुपैयाँसहित महिला पक्राउ

काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर भन्सार कार्यालय ईलाकाबाट बैशाख २८ गते सशस्त्र प्रहरीले ३ लाख भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकोमा बिहार अररिया जिल्लाको कदमाह ग्राम पञ्चायत–१५ बिरनगर बस्ने ३० बर्षिया मन्जु कुमारी शाह छन् ।

सीमा ईलाकाको नं. १ ढाटको बाटो हुँदै बिराटनगरतर्फ जाँदै गरेकी उनलार्ई सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी मोरङ्गबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा ६०० थान पाँच सयको नोट सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका शाहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै