• २०८३ बैशाख २७ आइतबार

आइपिएलमा लखनउमाथि चेन्नईको ५ विकेटको शानदार जित

आइपिएलमा लखनउमाथि चेन्नईको ५ विकेटको शानदार जित

काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले लखनउलाई ५ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको २०४ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

चेन्नईका लागि उर्भिल पटेलले सर्बाधिक २३ बलमा ६५ रन बनाएका थिए भने कप्तान रुतुराज गायकवाडले ४२ र संजु सामसनले २८ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै २०३ रन बनाएको थियो । लखनउका लागि जोस इंगलिसले सर्बाधिक ८५ रन बनाएका थिए भने शाहबाज अहमदले ४३ रन बनाएका थिए । त्यस्तै चेन्नईका बलर जामी ओभरटनले ३ विकेट लिएका थिए भने अन्शुल खम्बोजले २ विकेट लिएका थिए ।

यो जितपछि चेन्नईको ११ खेलमा १२ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । यो जितपछि चेन्नईको प्लेअफ पुग्ने सम्भावना कायम रहेको छ ।  त्यस्तै लखनउको यो यस सिजनमा ११ खेलमा आठौ हार हो । लखनउ प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै