• २०८३ बैशाख २६ शनिबार

झापामा बस र टिपर आपसमा ठोक्किदा १० जना घाइते

झापामा बस र टिपर आपसमा ठोक्किदा १० जना घाइते

झापा । झापामा बस र टिपर आपसमा ठोक्किदा १० जना घाइते भएका छन् ।

झापाको गौरादह-५ स्कुलचन बजारस्थित भित्रि सडकमा दमकबाट चप्रामारीतर्फ जादै गरेको मे १ ख २४९९ नम्बरको बस र मधुमुल्लाबाट दामुनातर्फ जादै गरेको प्रदेश नम्बर २- ०३-००१ ख ७१५३ नम्बरको टिपर एक आपसमा ठोक्किदा बसमा सवार १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको नगर अस्पताल गौरादहमा र १ जनाको निम्स असपताल दमकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै