• २०८३ बैशाख २६ शनिबार

रञ्जना लिपिसहितका परिचय पाटीले मौलिकता फर्काउँदै

रञ्जना लिपिसहितका परिचय पाटीले मौलिकता फर्काउँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरु गरेको छ । वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई उपहार स्वरुप पहिलो चरणमा बत्ती जडित वोर्ड जडान गरिदिएको हो ।  

कार्यक्रमको पहिलो चरणमा जुद्ध शालिकबाट वसन्तपुरतर्फ, नौतले दरबारबाट झोछेँ हुँदै ओमवहालतर्फका व्यवसायीको व्यवसायमा परिचय पाटी जडान गरिएको छ । गोलाकार वोर्डको माथिल्लो भागमा साना अक्षरमा अंग्रेजी भाषा, बिचमा ठुलो अक्षरमा रञ्जना लिपि र तल्लो भागमा देवनागरिक लिपिमा ठेगाना लेखिएको छ । यो डिजाइनका लागि क्यालीजात्रा फाउन्डेसनले सहयोग गरेको हो । कार्यक्रम कार्यान्वयनमा झोँछे सामुदायिक समाजले संयोजन गरिरहेको छ । 

सम्पदा संरक्षणकर्मी एवं स्थानीय गणपतिलाल श्रेष्ठले वडाको कामबाट झोँछे क्षेत्रको मौलिकता र पर्यटन व्यवस्थापन योजनामा टेवा दिएको प्रतिक्रिया दिए । साना तर महत्वपूर्ण कामबाट नतिजा आउने बताउँदै उनले कामको निरन्तरताको अपेक्षा राखे ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै