बनेपा । काभ्रेको बनेपा नगरपालिका- ८ स्थित सडक छेउको नालामा बेवारिसे रुपमा बाकसमा राखिएको अवस्थामा २५५ राउण्ड गोली बरामद भएको छ ।
जेनजी आन्दोलनको क्रममा हराएका एसएलआरको २३१ राउण्ड र .३०३ को २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको र सो गोली इलाका प्रहरी कार्यालय बनेपामा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।









