• २०८३ बैशाख २३ बुधबार

रास्वपाको आज मन्त्री र सांसदहरुबीच प्रि-बजेट छलफल

रास्वपाको आज मन्त्री र सांसदहरुबीच प्रि-बजेट छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रम अन्तर्गत आज प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा छलफलका लागि कार्यक्रम राखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

उक्त छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा पार्टीका सांसदहरूबीच बजेटका प्राथमिकता, नीति तथा आवश्यकताबारे छलफल गरिनेछ ।

कार्यक्रम आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै