काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम सञ्चार मन्त्रालय मातहतका विभिन्न निकायका ९ निकायका पदाधिकारी स्वतः पदमुक्त भएको मन्त्रालयले जानकारी गराएको छ ।
जसमा गोरखापत्र संस्थानका अध्यक्ष, प्रेस काउन्सिलका अध्यक्षसहित १० जना, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षसहित ५ जना, विज्ञापन बोर्डका अध्यक्षसहित चार जना, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित दुई जना, सार्बजनिक सेवा प्रसारण नेपालका अध्यक्षसहित चार जना, राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्तसहित तीन जना, चलचित्र जाँच समितिका तीन सदस्य र न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षसहित चार जना पदमुक्त भएका छन् ।









