• २०८३ बैशाख २२ मंगलबार

नागरिक जहाजमा अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु भएको इरानको दाबि

नागरिक जहाजमा अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु भएको इरानको दाबि

काठमाडौँ । इरानले अमेरिकामाथि नागरिक जहाजमा आक्रमण गरेको आरोप लगाएको छ ।

इरानी समाचार एजेन्सी तस्नीमका अनुसार अमेरिकी सेनाले होर्मुज क्षेत्रमा सैन्य डुङ्गाको सट्टा दुई साना नागरिक मालवाहक जहाजलाई निशाना बनाएको दाबी गरिएको छ । ती जहाज ओमानबाट इरानतर्फ जाँदै थिए र सामान्य नागरिकका सामान बोकेका थिए । उक्त आक्रमणमा पाँच जना नागरिकको मृत्यु भएको एजेन्सीले जनाएको छ ।

यसअघि भने अमेरिकी केन्द्रीय कमाण्डले व्यापारिक जहाजका लागि खतरा बनेका इरानी डुङ्गालाई मात्र निशाना बनाएको दाबी गरेको थियो  ।

अर्कोतर्फ इरानले सोमबार अमेरिकी युद्धपोतलाई लक्षित गरी कारबाही गरेको दाबी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी पक्षले आफ्ना कुनै पनि जहाजमाथि आक्रमण नभएको र सबै सैन्य गतिविधि सामान्य रूपमा जारी रहेको जनाएको छ ।

साथै अमेरिकी सुरक्षामा रहेका दुई अमेरिकी झण्डा भएका व्यापारिक जहाज यस मार्गबाट सुरक्षित रूपमा पार गरिसकेको पनि जानकारी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै