• २०८३ बैशाख २२ मंगलबार

बक्स अफिस रिपोर्ट: परालको आगोको शानदार कमाई, अन्यको कस्तो छ ?

बक्स अफिस रिपोर्ट: परालको आगोको शानदार कमाई, अन्यको कस्तो छ ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख १९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्य, परालको आगो र पहाडले बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार राम नाम सत्यले अहिलेसम्म ३ करोड ३९ लाख ७३ हजार ४६६ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल एक लाख २० हजार ९२६ टिकट विक्री भएको छ ।  राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले आशा गरे अनुसारको कमाई गर्न सकेन । फिल्मले अहिलेसम्म ६३ लाख ९३ हजार १५२ कमाई गरेको छ । पहाडको कुल २० हजार २६५ टिकट बिक्री भएको छ ।

त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले भने बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ३ करोड १२ लाख १७ हजार ९२ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख १० हजार ४४२ तिक्त बिक्रि भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै