काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छालाई जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले परमादेश जारी गर्दै गोल्छालाई जमानतमा छाड्न आदेश दिएको हो । इजलासले जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न भनेको छ ।
गोल्छालाई बैशाख १० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३ मा नाम मुछिएपछि सीआईबीले पक्राउ गरेको थियो । सिआइबीले वैशाख २० देखि लागु हुने गरी चौथो पटक चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको थियो ।
सर्वोच्चको संयुक्त इजलासले सिआइबीले जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने कार्य भएको भन्दै जिल्ला अदालतको आदेश उत्प्रेषणको आदेशले बदर गरेको छ ।









