• २०८३ बैशाख १८ शुक्रबार

इरानमाथि सम्भावित ठूला आक्रमणका लागि विकल्प तयार गर्दै अमेरिका

इरानमाथि सम्भावित ठूला आक्रमणका लागि विकल्प तयार गर्दै अमेरिका

काठमाडौँ । अमेरिकाले इरानमाथि सम्भावित ठूला आक्रमणका लागि विभिन्न विकल्प तयार गरेको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रमुखले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित आक्रमणका विकल्पबारे जानकारी गराएका हुन् । उनीहरूबीच ह्वाइट हाउसको विशेष कक्षमा भएको बैठकमा ती विकल्प प्रस्तुत गरिएको जनाइएको छ ।

समाचारअनुसार यदि ट्रम्पले पुनः आक्रमण गर्ने निर्णय लिएमा 'सानो तर अत्यन्त शक्तिशाली' हमला गर्न सकिने प्रस्ताव गरिएको छ । यस्तो आक्रमणमा इरानको बाँकी सैन्य शक्ति, नेतृत्व तथा महत्वपूर्ण संरचनालाई लक्षित गरिने उल्लेख छ ।

अमेरिकी रक्षा मन्त्रालयले नयाँ तथा अत्याधुनिक हतियार प्रयोग गर्ने विषयमा पनि छलफल गरिरहेको बताइएको छ । यसमा ‘डार्क ईगल’ नामक अति तीव्रगतिको क्षेप्यास्त्र समेत समावेश रहेको जनाइएको छ, जसले करिब तीन हजार दुई सय किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षमता राख्छ र इरानका बाँकी प्रक्षेपण संरचनालाई निशाना बनाउन सक्ने बताइएको छ ।

यसका साथै बी-वान बी लान्सर बमवर्षक विमानहरूको उपस्थितिलाई पनि उक्त क्षेत्रमा बढाइएको छ । ती विमानहरू भारी मात्रामा हतियार बोक्न सक्षम हुनुका साथै उन्नत हतियार प्रयोग गर्न सक्ने क्षमतायुक्त रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै