काठमाडौँ । पक्राउ परेका उद्योगी शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई विहिबार पक्राउ गरेको थियो ।









