• २०८३ बैशाख ११ शुक्रबार

नेपाली सेनाको नेतृत्वमाथि भ्रामक टिप्पणी नगर्न अपिल

नेपाली सेनाको नेतृत्वमाथि भ्रामक टिप्पणी नगर्न अपिल

काठमाडौँ । नेपाली सेनाले पछिल्लो समय विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना तथा यसको नेतृत्वलाई लिएर फैलाइएका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सेनाले यस्ता कपोलकल्पित र भ्रामक सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता सूचना प्रसारण नगर्न र नगराउन आग्रह गरेको छ ।

नेपाली सेनाले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको पनि स्पष्ट पर्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने भन्दै सेनाले चेतावनी दिएको छ ।

साथै, आम जनमानसलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीहरूमा विश्वास नगर्न अनुरोध गरिएको छ । आधिकारिक जानकारीका लागि नेपाली सेनाले जारी गर्ने प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल, वेबसाइट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै