• २०८३ बैशाख ८ मंगलबार

आज छन्द दिवस मनाइदै

आज छन्द दिवस मनाइदै

काठमाडौँ । आज छन्द दिवस मनाइदै छ । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले विस २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुर्नस्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिनलाई नै हरेक वर्ष छन्द दिवसका रुपमा मनाउन थालिएको हो ।

छन्दको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष नेपालमा छन्द दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

पछिल्लो समय साहित्य क्षेत्रमा नयाँ–नयाँ विधाहरुको उदय भएसँगै छन्द विधा ओझेलमा पर्न थालेको महशुस गर्न थालिएको छ । नेपाली साहित्यमा छन्दलाई कविता भन्दा बढी शास्त्रको दर्जा दिइएपनि यो विधा ओझेलमा पर्नु अत्यन्त दुखद् हो । छन्द कवितालाई सनातन वैदिक परम्पराको धरोहरको रुपमा पनि लिइन्छ । छन्दले सत्यमार्गतर्फ उन्मुख गराउँछ भन्ने मान्यता रहेको छ । छन्दकविताको अवलम्बन गर्ने व्यक्ति स्वयम् सदाचारी, शान्तिप्रिय, शीलवान र परोपकारी हुनेतर्क अनुभवी अग्रज छन्द कविहरूले दिने गर्छन् ।

छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्य–काव्यमा छन्दको महत्वपूर्ण भूमिका रहने गरेको छ । छन्द भनेको कविताको ‘लय’ हो तापनि परम्परागत रूपमा छन्दले कविताका सबै किसिमको लयलाई नसमेटेर शास्त्रीय नियमअनुसार गण–मात्राको व्यवस्था गरी भावना अभिव्यक्त गर्ने कविताको लयलाई मात्र बुझाउँछ । यद्यपी पछिल्लो समय साहित्य क्षेत्रमा छन्द लोप हुँदै गएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै