काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ ।
वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरू भएको हो । बैठकमा केन्द्रीय पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा र विधान संशोधनजस्ता सांगठनिक एजेन्डाहरूमा छलफल हुने बताइएको छ।









