काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
पुर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आफु निकट नेताहरुसँग छलफल थालेका हुन् । देउवा पक्षले गगन नेतृत्वको कांग्रेसलाई नै मान्यता दिएपछि अब नयाँ पार्टी खोलेर जाने या काँग्रेसमै संघर्ष गर्ने भन्ने विकल्पमा छलफल गरिरहेको छ ।
गगन थापाले अदालतको निर्णयपछि अब पार्टीका सबै नेता कार्यकर्ता महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले कसैलाई भेदभाव नगर्ने बताउदै एक भएर पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
अर्कोतर्फ नेता खड्काले भने आफुले विशेष अधिवेशन नमान्ने स्पष्ट अडान कायमै राखेका छन् । आफु निकट नेताहरुसँग कुनै पनि अवस्थामा विशेष अधिवेशनलाई नमान्ने बताउने गरेका छन् ।
विशेष अधिवेशनपछि समानन्तर गतिबिधि गरिरहेकै कारणले काँग्रेसले खड्कालाई स्पष्टिकरण समेत सोधेको अवस्था रहेको छ ।
खड्काले आफूनिकट नेताहरूसँगको छलफलपछि वर्तमान अवस्थामा आफु पक्षको रणनीति बारे विज्ञप्ति मार्फत नै जानकारी गराउने तायरी गरेको बताइएको छ ।









