• २०८३ बैशाख ४ शुक्रबार

आइपिएलमा आज गुजरात र कोलकोता आमने सामने

आइपिएलमा आज गुजरात र कोलकोता आमने सामने

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आइपिएलमा आज गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा गुजरातले ४ खेलमा २ जित र २ हार बेहोरेको छ । गुजरातले पछिल्ला दुई खेलमा लखनउ र दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । त्यस्तै गुजरात राजस्थान रोयल्स र पञ्जाव किंग्ससँग पराजित भएय्को थियो ।

त्यसैगरी कोलकोताले भने यो सिजनमा अहिलेसम्म खराब प्रदर्शन गरेको छ । कोलकोताले ५ खेलमा एक खेल पञ्जावविरुद्ध बर्षाले रद्ध हुदा अंक बाडेको थियो भने बाँकी चार खेलमा हार बेहोरेको छ । कोलकोताले चेन्नई, लखनउ, सनराइजर्स र मुम्बईसँग हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै