• २०८३ बैशाख ४ शुक्रबार

गैंडाको खागसहित चार जना पक्राउ नियन्त्रणमा

गैंडाको खागसहित चार जना पक्राउ नियन्त्रणमा

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वी गेट इलाकाबाट  गैडाको खाग जस्तो देखिने बस्तुसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही व्यक्तिहरुद्वारा खागको अवैध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मोलमोलाई गरिरहेकै अवस्थामा उल्लेखित वस्तुसहित बर्जु गाउँपालिका–६ चिमडी बस्ने ३९ बर्षिय राजेशकुमार उराउ, ३१ बर्षिय जीवन चौधरी, सोही गाउँपालिका–५ अमाहीबेला बस्ने ३३ बर्षिय रविनकुमार यादव र मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१ फिल्महल लाइन बस्ने ४७ बर्षिय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइएको हो ।  

सशस्त्र प्रहरीले उनीहरुलाई उल्लेखित बस्तु तथा  प्र १–०३–००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरको मोटरसाइकल, ४ थान मोबाइल सेट तथा करीब ६ हजार रुपैयाँसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान लागि जिल्ला वन कार्यालय इनरुवा सुनसरीमा बुझाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै