• २०८३ बैशाख १७ बिहीबार

कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने

कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने भएको छ । काँग्रेसले सर्वसम्मत नभएमा निर्वाचन प्रकियाबाट दलको नेता चयन गर्न लागेको हो ।

काँग्रेसले संसदीय दलको नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

निर्वचन समितिले वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक गर्ने र बैशाख ४ गते नेता चयन गर्ने तयारी गरेको छ । 

संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र बासना थापालगायतको दाबी छ । 

काँग्रेसमा विशेष महाधिवेशन पक्षधर र देउवा पक्षबीच विवाद जारी रहेकाले संसदीय दलको नेता चयनमा ढिलाई भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै